शुक्रबार, भदौ ३, २०७९
प्रतिबन्धित औषधिसहित धनुषाबाट २० बर्षीय पंकज पक्राउ

प्रतिबन्धित औषधिसहित धनुषाबाट २० बर्षीय पंकज पक्राउ


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३, २०७९

जनकपुरधाम – धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् ।

साहलाई जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डिएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ ।

साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगंज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट