बिहिबार, भदौ २, २०७९
‘उपहार मेरो सिन्दूर तिमीलाई,पराइ हातले दिने छ’

‘उपहार मेरो सिन्दूर तिमीलाई,पराइ हातले दिने छ’


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ २, २०७९

प्रकाश श्रेष्ठ आधुनिक नेपाली गायक हुन्।’छेकेर छेकिन्न’ देखि ‘सफल तिम्रो त्यो जिन्दागी’ ‘गहिराईमा डुब्दै नडुब ‘ र पोखराको आगनमा लै लै ‘जस्ता हजारौ गीत मार्फत उहा नेपाली संागीतिक क्षेत्रको चम्किलो गायकको रूपमा चिनिएको छ। जीवनको आधा भन्दा बढि समय गीत संगीतमै खर्चेर अझै पनि निरन्तर लागीरहनु भएका श्रेष्ठ धेरै उच्च पदक तथा उत्कृष्ठ नेपाली सांगितिक पुरस्कारबाट सम्माननित हुनु भएको छ। गीत संगीतसंगै टेबलटेनिस र क्रिकेट खेलको नेशनल च्याम्पियन समेत हुनु भएका उहा बहुप्रतिभाशाली हुनुहुन्छ |

 

सफल तिम्रो त्यो जिन्दगीलाई। …3
यो दुखीको बधाई छ। …२
परिवर्तन भयौ, के कारण तिमी? …२
यहि नै मेरो सोधाई छ। …२
सफल तिम्रो त्यो जिन्दगीलाई।

[अधिकार मेरो केहि छैन अब।
ढुकढुकी तिम्रो,फेरी सुन्ने ।] …२
ब्यबारिस लाश भए म। …२
कोहि छैन मलाइ, आफ्नो भन्ने।
सफल तिम्रो त्यो जिन्दगीलाई।

[उपहार मेरो, सिन्दूर तिमीलाई।
पराई हातले दिनेछ।]…२
सजियौ तिमी पोतेहरुले। …२
मेरो जीवनको माला, छिनेछ।

सफल तिम्रो त्यो जिन्दगीलाई। …२
यो दुखीको बधाई छ। …२
परिवर्तन भयौ, के कारण तिमी? …२
यहि नै मेरो सोधाई छ। …२

सुन्नुहोस पूरा गीत

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट