बिहिबार, भदौ २, २०७९
एन्फालाई फुटबलका मुख्य प्रशिक्षक अलमुताईरीको जवाफी पत्र

एन्फालाई फुटबलका मुख्य प्रशिक्षक अलमुताईरीको जवाफी पत्र


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ २, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाउनुभएको छ ।

खेलाडीसँगको विवादमा तानिएका प्रशिक्षक अलमुताईरीलाई एन्फाले गत साउन अन्तिम साता छानविन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै पत्र पठाएको थियो ।

अलमुताईरीले आज त्यसको जवाफ दिनुभएको एन्फा महासचिव किरण राईले जानकारी दिनुभयो । पत्रमा उल्लेख गरिएको विषय भने अध्ययनपछी सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

गत बैशाखमा राष्ट्रिय टोलीका १० बरिष्ठ खेलाडीले प्रशिक्षण छाडेपछि उहाँ विवादमा तानिनुभएको थियो । उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्टले मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएपछी उहाँसँग जवाफ माग गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट