बिहिबार, भदौ २, २०७९
पब्जी खेलेरै ‘दुई करोड’ आम्दानी, युवाहरू आकर्षित ईस्पोर्ट्स के हो ?

पब्जी खेलेरै ‘दुई करोड’ आम्दानी, युवाहरू आकर्षित ईस्पोर्ट्स के हो ?


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ २, २०७९

नेपालमा संस्था नै दर्ता गरेर ईस्पोर्ट्सको प्रवर्धन गरिरहेको कम्पनी मध्य एक हो डीआरएस।यसको व्यवस्थापन २५ वर्षका सङ्गीन भट्टराईले गर्छन्।हाल यो कम्पनीले पब्जी मोबाइल प्रतियोगिताहरूमा सहभागिता जनाउँछ। डीआरएससँग ६ जना खेलाडी आबद्ध छन्।त्यस बाहेक टोली व्यवस्थापनका लागि तीन जना अनि ग्राफिक्स म्यानेजरका रूपमा दुई जना कर्मचारी छन्।खेलाडी लगायतलाई ललितपुरको नख्खुस्थित एक घरमा आवासीय सुविधा सहित बुट क्याम्पमा राखिएको छ।

”हामीले पछिल्लो समय भएका अधिकांश प्रतियोगितामा भाग लिएका छौँ। पहिलो चरण भनेको दक्षिण एशियास्तर हो। तर अहिले भने बिस्तारै त्यो विस्तार हुँदै छ, ” भट्टराईले भने।हालसालै यो टोलीले पब्जी मोबाइल नेपाल श्रृङखला जितेको छ। १० लाख रुपैयाँ कुल पुरस्कार रहेको उक्त प्रतियोगितामा दोस्रो हुँदै डीआरएसले डेढ लाख रुपैयाँ जित्यो।

गत वर्ष १ करोड ६० लाख रुपैयाँ आफूहरूले जितेको भट्टराईले दाबी छ।

”गत वर्ष भरीको सबै जोड्दा यति रकम प्राप्त गरेका हौँ,” उनले भने। ”यो आधिकारिक खेलहरूको मात्रै कुरा हो। सबै खेल जोड्यो भने २ करोड रुपैयाँ भन्दा बढी हुनसक्छ।”त्यस्तै गत वर्ष भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफलाई ‘५४,५०० डलर दिएको’ डीआरएसको दाबी छ।जानकारहरूका अनुसार दर्ता गरिएका संस्थाहरूलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले तलबका रूपमा निश्चित रकम प्राप्त गर्छन्।

त्यस बाहेक प्रतियोगिता जितेको अवस्थामा निश्चित प्रतिशत रकम संस्थाले राखेर अरू खेलाडीहरूमा वितरण गरिन्छ।सामान्यतया खेलाडीहरूको तलब ३० हजारदेखि एक लाख हुन्छ। बढी खेलाडीहरू १९ देखि १५ वर्ष उमेर समूहका रहेको बताइन्छ।

सबै खेलमा उत्तिकै फलदायी छैन’
काठमाण्डू घर भएका २२ वर्षका समीर गुरुङ फिफा फुटबल खेल्छन्।कुनै समय नेपालमा राम्रै बोलवाला रहेको यो खेल पछिल्लो समय व्यवसायकी रूपमा भने कमैले खेल्ने गरेको उनी बताउँछन्।उनले सन् २०१३-१४ तिर यो खेल खेल्न सुरु गरेका हुन्। फिफामा रमाउने प्राय खेलाडीहरूले पीएसपीमा यो खेल खेल्छन्।तर कोभिडका कारण लकडाउन भएपछि नेपालमा पब्जी मोबाइल जस्ता खेल प्रख्यात हुँदै गयो।

हाल फिफामा प्रायोजकको समेत कमी रहेकाले उनले आफ्नै हिसाबले खेल यात्रा अघि बढाएका छन्।फुटबल खेल्ने हुँदा गुरुङ कुनै टोलीमा पनि आबद्ध छैनन्।”यो वान भर्सेस वान खेल्ने खेल हो,” उनले भने। सन् २०२१मा उनी खेल्नकै लागि थाइल्यान्ड पुगेका थिए।तर अभ्यासको कमीकाबीच दक्षिण एशियाली खेलाडीहरूसँग भिड्दा उनी समूहगत चरणबाटै बाहिरिन पुगे।

उक्त प्रतियोगिताको आयोजकले यात्रा र वासस्थानको व्यवस्था गरी दिएको थियो।नेपालमा हुने प्रतियोगिताहरूमा पनि उनी सहभागी हुन्छन्।

”सुरुमा सोखका लागि खेलेको हो। पछि आफ्नो खर्च (पकेट मनी) जुट्न थाल्यो। नेपालमा धेरै पैसा नभएकोले यो सोख नै हो,” गुरुङले थपे।उनका अनुसार कोभिड महामारी अघि विभिन्न संस्थाले प्रतियोगिता आयोजना गर्थे।त्यस बेला १५०,००० रुपैयाँ सम्मको प्रतियोगिता नेपालमा भई रहने भए पनि अहिले अवस्था फेरिएको छ।”अब त उमेर पनि बढ्यो। खासै खेलमा रुची पनि कम भयो। करिअर पनि हेर्नुपर्यो,” उनले थपे।-बिबिसीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट