बुधबार, भदौ १, २०७९
क्रिकेटको टी–ट्वान्टीको बलिङ वरीयतामा लामिछानेको सुधार, अलराउण्डरतर्फ यथावत

क्रिकेटको टी–ट्वान्टीको बलिङ वरीयतामा लामिछानेको सुधार, अलराउण्डरतर्फ यथावत


  • स्वदेश नेपाल
  • बुधबार, भदौ १, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टीको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिनुभएको छ । ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिनुभएको छ ।

कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत रहेका छन् । अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहनुभएको छ भने एकदिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत रहेका छन् ।

सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन् । एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख सैयौँं स्थानमा यथावत रहेका छन् । नेपालको एकदिवसीय वरीयता १९ औं स्थानमा रहँदा टी–ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट