बुधबार, भदौ १, २०७९
महजोडीको बेजोड कमेडीले भरिएको ‘सुरबेसुर’ हेर्नुहोस्

महजोडीको बेजोड कमेडीले भरिएको ‘सुरबेसुर’ हेर्नुहोस्


  • स्वदेश नेपाल
  • बुधबार, भदौ १, २०७९

मह जोडीको सहयात्राका धेरै विधाहरु छन।यो जोडीले धेरै सुमधुर गितसंगित पस्किसकेको छ।पछिल्लो पटक आएको ‘ईश्वत तिमिले जगत बनायौ’ बोलको गित धेरै चर्चामा थियो।रेडियो टेलिभिजनमा संदेशमुलक प्रचारमा पनि यो जोडीले काम गरैको छ। त्यस्तै हास्यव्याङ्ग्य क्षेत्रमा पनि यो जोडीले धेरै योगदान गरिसकेको छ।अभिनय यात्राको कुरा गर्दा ‘मह’ ले राष्ट्रिय देखि अन्तराष्ट्रिय चलचित्रमा समेत काम गरिसकेका छन।अन्य विज्ञापन र प्रचारमा समेत यो जोडी अग्र पंतिमा रहेको छ।यति मात्र नभएर यो जोडी राजनीतिक आन्दोलनमा समेत सहभागिता बनिसकेको अवस्था हो।मह जोडीले ब्राण्ड एम्बेसडरको रूपमा पनि परिचय बनाएको छ।त्यस्तै महले देश विदेशका कन्सर्ट कार्यक्रममा समेत आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिसकेको छ।

मह जोडीद्धारा अभिनित तथा निर्देशित चर्चित टेलिफिल्म हो सुर-बेसुर।जस्मा हरिवंशले सुरमण्डल नामको एक बद्धमास पात्रको भूमिका र  मदनकृष्णले एक संगीत सिकाउँने गुरुको भूमिका निभाएका छन्।

सुरमण्डल नेताको छोरा भएकाले उनी समाजमा खराब काम गर्ने र उद्धण्ड स्वभावका हुन्छन्।कुखुरा चोर्ने देखि लिएर केटी जिस्काउँने र लडाई झगडा गरिहाल्ने  हुन्छन्।सुरमण्डललाई गीत सिकेर स्टेज कार्यक्रम गर्दै प्रथम हुने भोक जागेपछि मदनकृष्ण संगीत गुरुसँग भेट भएपछि कथा अगाडी बढ्छ।बेजोड हाँस्यब्यंग र भावुक बनाउँने साथै सन्देशमुलक यस टिलिफिल्मलाई दर्शकले अत्याधिक मन पराउँने गर्छन्।

हेर्नुहोस् १५ गतेको तेस्रो भाग 

प्रतिक्रिया
सम्बन्धित समाचार