बुधबार, भदौ १, २०७९
श्रीमतीले आत्महत्याको कोसिश गरेपछि मिथुन र श्रीदेवीको प्रेमसम्बन्ध टुंगिएको थियो

श्रीमतीले आत्महत्याको कोसिश गरेपछि मिथुन र श्रीदेवीको प्रेमसम्बन्ध टुंगिएको थियो


  • स्वदेश नेपाल
  • बुधबार, भदौ १, २०७९

सत्तरीको दशकका डिस्को डान्सर हिरो मिथुन र सुन्दरी नायिका श्रीदेवी बीचको चिनजान ‘जाग उठा इसान’ को फिल्म सेटमा भएको थियो।उनीहरुले पहिलो भेटमै एक अर्कालाई मन पराउँन थालेका थिए।नब्बेको दशकमा श्रीदेवीको नाम थुप्रै मानिसहरु सँग जोडिएको थियो।तर,सबैभन्दा चर्चा भने मिथुन सँगको प्रेम कहानीमा थियो।

मिथुन श्रीदेवी सँग बिहे गर्न चाहान्थे तर श्रीदेवी चाहन्थिन मिथुनले उनकी पत्नी योगिता बालीलाई डिभोर्स दिउन्।श्रीदेवीको सर्त अनुसार मिथुनले आफ्नी पत्नी योगितालाई डिभोर्स दिन दबाब दिन थाले।धेरैलाई थाहा भएको कुरा यो होकी मिथुन र श्रीदेवीले मन्दिरमा गोप्य रुपमा बिहे गरेका थिए।यो थाहा पाएर मिथुनकी पत्नी योगिताले आत्महत्या गर्ने कोसिश गरेकी थिइन्।

पत्नी योगिताले आत्महत्याको कोशिस गरेपछि  श्रीदेवी र मिथुनको प्रेम सम्बन्ध अन्त्य भयो।मिथुन सँग बिहे नहुने भएपछि श्रीदेवीले आफूभन्दा आठ बर्ष जेठा फिल्म निर्माता बोनी कपुर सँग बिहे गरिन्।बोनी कपुरकी श्रीमती क्यान्सर रोगसँग संघर्ष गरिरहेको अबस्थामा बोनी कपुरले श्रीदेवीलाई आफ्नो पत्नी बनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार