मङ्लबार, साउन ३१, २०७९
यसकारण महाभारतमा कृष्णले राजा बन्न राखेको प्रस्ताव कर्णले ठाडै अस्विकार गरे !

यसकारण महाभारतमा कृष्णले राजा बन्न राखेको प्रस्ताव कर्णले ठाडै अस्विकार गरे !


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन ३१, २०७९

कर्ण महावीर तथा दानवीरको रूपमा प्रसिद्ध ऐतिहासिक युद्ध महाभारतको प्रमुख पात्रहरू मध्य एक थिए ।कर्णलाई महाभारतको महानायक मानिन्छ। कर्ण महाभारतको सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान परशुराम स्वयंले कर्णको श्रेष्ठता स्विकार गरेका थिए ।कर्णकी आमा कुन्ती थिइन्। कर्णको जन्म कुन्ती र पाण्डुको साथ विवाह हुनु पूर्व भएको थियो।जस कारण कुन्तीले कर्णलाई खोलामा बगाईदिएकी थिइन्।

कर्ण दुर्योधनका सबैभन्दा नजिकको मित्र थिए।दुर्योधनले कर्णलाई अंगदेशको राजा समेत बनाएका थिए।

कर्णलाई आफ्नो आमा को हुन् र आफू को हो भन्ने थाहा थिएन।जुन कुराले कर्णलाई जहिल्यै भित्रभित्रै जलन हुन्थ्यो।एकदिन कृष्णले कर्णलाई उनी कुन्तीको सबैभन्दा जेठो छोरा भएको र पाँच भाई पाण्ड कर्णको भाईहरु भएको बताइदिए।कृष्णले महाभारतको युद्ध हुनु ठिक अघि कर्णलाई उनको बारेमा बताईदिएर आफ्नै भाईहरु बिरुद्ध लडाई नगर्न र हस्तिनापुरको राजा बन्न सल्लाह दिएका थिए।

तर कर्ण आफ्नो भनाई र बचनमा अडिग थिए।धोका शब्द उनलाई प्रिय लाग्ने थिएन।त्यसैले कर्णले आफ्ना घनिष्ठ मित्र दुर्योधनलाई धोका दिन नसक्ने प्रष्ट पारे।र,कर्णले आफू बिरगति प्राप्त नहुन्जेलसम्म आफ्नो जन्मको रहस्य कसैलाई पनि नबताउँन कृष्णलाई अनुरोध गरे।

महाभारतको युद्धमा कर्णले आफ्ना भाइहरू विरुद्ध लडे। उनी सूर्यका पुत्र थिए। कर्णलाई एक आदर्श दानवीर मानिन्छ। कर्णले दानमा जसले जे मागे पनि दिने गरेका थिए । यसको परिणामस्वरूप उसको आफ्नो प्राण नै संकटमा पर्यो।अन्त्यमा कर्ण आफ्नै भाई अर्जुनको बाणद्धारा मारिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट