मङ्लबार, साउन २४, २०७९
नेकपा एमालेले आज संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

नेकपा एमालेले आज संघीय निर्वाचनका लागि दल दर्ता गर्ने


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन २४, २०७९

काठमाडौं । आगामी मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार दल दर्ता गराउँदैछ।

दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताउनुभयो ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग पुग्नेछन्।

आयोगले आगामी निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ। आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ।

आगामी मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार दल दर्ता गराउँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट