मङ्लबार, साउन २४, २०७९
हेर्नुस, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुस, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन २४, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ २० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट