मङ्लबार, साउन २४, २०७९
सान्चेजले इन्टर मिलान छाड्ने

सान्चेजले इन्टर मिलान छाड्ने


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन २४, २०७९

काठमाडौं – आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् ।चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् ।

३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधी जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्यो । इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् ।

“यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भबिश्यको लागि कामना गर्दछौं” इन्टरले भनेको छ । इन्टरले सिरी ए को नया सिजनको पहिलो खेलमा शनिबार लिससंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार