सोमवार, साउन २३, २०७९
‘बादल बनाईदेउ आकार बदल्न सकुँ,क्षमता दिलाईदेउ जिउँदै म जल्न सकुँ’

‘बादल बनाईदेउ आकार बदल्न सकुँ,क्षमता दिलाईदेउ जिउँदै म जल्न सकुँ’


  • स्वदेश नेपाल
  • सोमवार, साउन २३, २०७९

नेपाली सुगम संगीतमा आफ्नो माधुर्य स्वरले मनमोहक र कालजयी गीत गाउन सफल र सरल व्यक्तित्व हुन् – दीपक खरेल । युवा जोशमै रोमाण्टिक तथा भावुक गीत “तिम्रो त्यो हँसिलो मुहारको”, “तिम्रा हर प्रश्नको जवाफ” जस्ता आवाज नेपाली स्रोता माझ पस्कँदै कम समयमै लोकप्रियताको शीखरमा चुलीन सफल भए । तर, संयोग उनको शीष्टता, शैली, संस्कार अथवा सन्तुष्टिले स्वयं भने चर्चाबाट कोशै दुर रहन्छन् अर्थात् रहन रुचाउँछन्।

बादल बनाईदेउ, आकार बदल्न सकुँ
बादल बनाईदेउ, आकार बदल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ

जाउँ कसरि जाउँ, आफ्नै लाशको मलामी
जाउँ कसरि जाउँ, आफ्नै लाशको मलामी
चुपचाप सहुँ कसरि आफ्नै बदनामी
सस्तो बनाइदेउ बजारमा चल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ

फेरी चलाउ गोलि, घाइते बनाई नराख
फेरी चलाउ गोलि, घाइते बनाई नराख
चिता मै जल्न देउ, चिन्तामा जलाई नराख
लाजहिन बनाइदेउ, सडकमा ढल्न सकुँ
सस्तो बनाइदेउ बजारमा चल्न सकुँ
क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ

क्षमता दिलाईदेउ, जिउँदै म जल्न सकुँ

प्रतिक्रिया
सम्बन्धित समाचार