आइतवार, साउन २२, २०७९
‘मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो’

‘मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो’


  • स्वदेश नेपाल
  • आइतवार, साउन २२, २०७९

स्वर सम्राट स्व.नारायण गोपालले यस धर्ती छोडेको ३२ बर्ष बितिसकेको छ।तर,ऊनको आवाज आज पनि हामी माझ  जिवित छ।उनले गायका कर्णप्रिय गीतहरुले दुखमा पिडा भुलाउँन,मिलन हुँदा खुशी हुन निकै साथ दिएका छन्।

अहिलेका युवापुस्ता हुन् या ऊमेरले बृद्ध अबस्थामा लागेका सबै ऊमेर समूहका मानिसलाई नारायण गोपालको गीतले लठ्याउँछ नै।नारायण गोपालको जादूयी स्वरमा नपग्लिने सायदै संगीतप्रेमी नेपाली होलान्।

मिलन,बिछोड,माया,प्रेमका सयौं सदाबहार गीतले हामीलाई नारायण गोपाल कहिल्यै बिर्सन दिदैनन्।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औंसीको रातमा पनि बल्दछ दियो बिश्वासको
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो

बिछोड हुँदाको दुखमा पनि भरोसा हुन्छ मिलन को
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहराको
मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति निरास एक्लो सम्झना यो

शब्द – चाँदनी शाह
स्वर, संगीत – नारायण गोपाल

सुन्नुहोस कर्णप्रिय यो गीत 

प्रतिक्रिया
सम्बन्धित समाचार