शुक्रबार, साउन २०, २०७९
करिश्मालाई प्रश्न – तपाई यसै चर्चित हुनुहुन्छ, भाइरल हुन ‘पेटिकोट’मा किन नाच्नुपर्यो

करिश्मालाई प्रश्न – तपाई यसै चर्चित हुनुहुन्छ, भाइरल हुन ‘पेटिकोट’मा किन नाच्नुपर्यो


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २०, २०७९

तीज गीतमा बर्षेनी ३–४ करोड लगानी हुन्छ । तर, अधिकांश गीत रहरका लागि मात्र निकालिन्छ । केही गीतका सर्जकले राम्रै चर्चा पाएपनि बाँकी गीतका सर्जक त युट्युबमा आफै हेरेर मख्ख पर्ने मात्र हुन् ।

अझ, तीजका नाममा विकृती भित्राउन पनि केही सर्जकहरु कम छैनन् । कसरी हुन्छ, टिकटकमा भाइरल हुनुपर्यो । उनीहरुलाई यो बाहेक अरु कुरामा मतलब पनि छैन ।

अहिले एउटा गीत सार्वजनिक भएको छ, ‘पापाकी छोरी’ । तीजका नाममा सार्वजनिक भएको यो गीतले तीज पर्वको कतैबाट पनि संरक्षण गर्दैन । बरु, टिकटकमा भाइरल हुने रहरमा गायिका सुशिला पाठक, गीतकार शिव हमाल र संगीतकार आशिष अविरल लागेका छन् । शिव हमालले सार्वजनिक गर्ने गीतहरु यसअघि कर्णप्रिय र संकृती जोगाउने खालका हुन्थे । तर, यसपटक उनलाई पनि भाइरल हुने लोभ पलाए जस्तो छ ।

गीतमा मोडल करिश्मा ढकालको डान्स छ । उनी गीतमा खुलेरै नाँचेकी छिन् । सबैलाई थाहा छ कि, करिश्मा लोकगीतमा चलेकी मोडल हुन् । उनको डान्सलाई दर्शकले रुचाएका पनि छन् । तर, उनलाई पनि केही क्षण भाइरल हुने लोभ पलाए छ कि कुन्नी । निर्देशक मौसम हिमालीले पँधेरोमा ‘पेटिकोट’ लगाएर नृत्य गराउँदा समेत उनले हुन्न भन्न सकिनन् ।

करिश्मालाई एउटै सुझाव, ‘तपाई लोकसंगीतमा गाउँ गाउँमा हिट हुनुहुन्छ । यस्ता शब्दमा कम्मर मर्काएर भाइरल हुने लोभमा नलाग्नुहोस् ।’

हुनत, यो गीत निकालेमा गीतकार शिव हमालले माफी मागेका छन् । तर, करिश्मा र सुशिला भने अझै पनि गीतले विकृती नफैलाएकोमा तर्क गरिरहेका छन् ।

गीतले भन्छः

के हुन्छ होला है बिहेको राती
अध्यारो कोठामा अन्जान साथी
संझेर गैसक्यो सातो बरीलै ।।।

मेरो फिल्म डटकमबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट