नेपाली फिल्म प्रेमगीत ३ यतिबेला चर्चित छ।चर्चित यसकारणले छ की यो फिल्म भारतमा समेत प्रदर्शन हुने भएको छ।सन्तोष सेन तथा छेतेन गुरुङको निर्देशनमा बनेको प्रेम गीत ३ हिन्दी भाषामा समेत डबिङ गरिएको छ।
फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का,क्रिस्टना गुरुङ, मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । ‘प्रेमगीत–३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो।
हिन्दी फिल्मले नेपाली बजार ओगटिरहेको समयमा भारतमा नेपाली फिल्म प्रदर्शन हुनुले नेपाली फिल्मको बजार बिस्तार भएको र अन्तराष्ट्रियकरण हुनुलाई सुखद रुपमा लिन सकिने फिल्मी पण्डिहरु बताऊँछन् भने नेपाली दर्शकहरु समेत यस फिल्मलाई लिएर एकदमै ऊत्साहित भएको पाईएको छ।
महानायक राजेश हमाललाई प्रस्ताव गरिएको तर ऊनले अस्वीकार गरेको मुख्य भूमिकामा शिव श्रेष्ठले अभिनय गरेका हुन्।
प्रेमगीत ३ हिन्दीमा डबिङ गरेका चर्चित भारतीय डबिङ आर्टिष्ट भन्छन्-नेपालमा पनि यत्तिको राम्रो फिल्म बन्ने रहेछ।
प्रेम गीत ३ को डबिङ गरेको भारतीय डबिङ कलाकारहरु डबिङपछि लिएर यसो भन्छन्।हेर्नुहोस् भिडियो।