शुक्रबार, साउन २०, २०७९
ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २०, २०७९

काठमाडौं, २० साउन-सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट