काठमाडौं । सेयर बजारको शुक्रबारको कारोबार फेरि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का प्रबन्धक निरन्जन फुयाँलले शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने बताए ।
सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो । तर, आइतवारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम गर्नुपर्ने फुयाँलले बताए ।
‘गत असारदेखि नेपालमा कारोबार ६ दिन गरिएको छ । चाडैं शुक्रबारको कारोबार हटाएर पुनः ५ दिन सेयर कारोबार दिन कायम गर्दैछौं’ फुयाँलले बताए ।
गत असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ । तर नेप्सेले चाडैं सो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले बताए ।