भारत र नेपालमा हिन्दूहरु सबैभन्दा धेरै छन्।यी देशमा जताततै हिन्दू धर्म मान्ने र हिन्दू मन्दिरहरु भेटिन्छन्।तर,विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश इन्डोनेसियाको एक शहर बाली भने हिन्दूहरुको शहर हो।यहाँ जताततै हिन्दूहरु भेटिन्छन् भने हिन्दू मन्दिरहरु समेत थुप्रै छन्।
पूर्वी एसियाली देश इन्डोनेशियामा अबस्थित एक टापु हो बाली।बाली एकदमै सुन्दर टापु हो।जहाँ हिन्दू धर्म,संस्कार र संस्कृति मान्ने मानिसहरुको बाहुल्य रहेको छ।बालीको जनसंख्या बयालीस लाख रहेको छ।
अरु देशमा ३६५ दिनमा एक बर्ष हुने गर्छ तर बालीमा भने २१० दिनको एक बर्ष हुन्छ।बालीमा पैतीस दिनको एक महिना हुन्छ।
बालीमा पर्यटकहरुको उत्तिकै घुईचो लाग्छ।पर्यटन जिडीपिको ठूलो हिस्सा हो।
विष्णु भगवानलाई विशेष महत्वका साथ मान्ने बालीमा मानिसहरु बिहानीपख सेता अक्षता र दुना टपरीमा पूजा आजामा ब्यस्त देखिन्छन्।
बालीको मन्दिहरुमा घुँडा भन्दा मुनि छोप्ने कपडा लगाएर मात्र जान पाईन्छ।
बालीमा बर्षको दुई पटक धान उब्जनी हुन्छ।लहलह झुल्ने धानखेत त्यहाँ जाने पश्चिमा पर्यटकको लागी निकै आकर्षक गन्तब्य हुनसक्छ।
नेपालीलाई इन्डोनेशियाले ‘अनअराइभल’ भिषा दिने कारण यदि तपाईंहरुलाई बाली जान मन छ भने भिषाको झन्झटिलो प्रकृयामा लाग्न पर्दैन।पैसा जोहो गरेर टिकट काटेर सिधैं जान सकिन्छ।