बिहिबार, साउन १९, २०७९
मृत्युअघि रावणले लक्ष्मणलाई सुनाएका जीवनोपयोगी प्रेरक भनाई,तपाईंलाई पनि काम लाग्न सक्छ

मृत्युअघि रावणले लक्ष्मणलाई सुनाएका जीवनोपयोगी प्रेरक भनाई,तपाईंलाई पनि काम लाग्न सक्छ


  • स्वदेश नेपाल
  • बिहिबार, साउन १९, २०७९

रामायणको मुख्य पात्र मध्येका एक रावणको नाम सुन्ने बित्तिकै सीताको अपहरण गर्ने,अहंकारी,खराब पात्र भन्ने मनमा पर्छ।रामायण युद्ध हुनुमा पनि मुख्य हात रावणकै थियो।सीता अपहरण गरेर लंकामा लगेर राखेका रावण सँग बनबासमा रहेका रामले युद्ध नगर्ने भन्दै शान्ती प्रस्तावको लागी आफ्ना दूत अंगदलाई पठाएका थिए।तर,रावणले ऊल्टै अंगदलाई आफू संसारकै शक्तिशाली मानिस भएको र राम जस्ता बनबासी र बाँदर सेना लिएर हिड्ने रामले राखेको शान्ति प्रस्ताव किन मान्ने भन्दै उल्टो रामप्रती अपमानजनक शब्द प्रयोग गरेका थिए।त्यसपछि नै रामायणको भयंकर युद्ध शुरु भयो।

लंकाका राजा रावणको दश टाऊँको थियो।रावण  खराब पात्र र घमण्डी मात्र थिएनन् ऊनी वास्तावमा एक ठूला बिद्धान समेत थिए। रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त थिए।

रामले रावणलाई बाण हानेर भूईमा ढलाएपछि रावणले लक्ष्मणलाई केहि महत्वपूर्ण जीवनपयोगी ज्ञान र कुराहरु भनेका थिए।

ती ऊपदेश यस्ता छन्।

आफ्ना शत्रुलाई कहिल्यै कमजोर नसम्झिनु।आफ्ना शत्रुलाई कमजोर ठानेकै कारण मेरो विनास भयो।

आफ्ना साथी,आफन्त र आफ्नो भाइलाई कहिल्यै पनि शत्रु नबनाऊँनु।मैले आफ्नै भाई बिभिषणलाई शत्रु बनाएर ठूलो भूल गरे।जस्को कारण बिभिषण रामको शरणमा गयो र भाइलाई मात्र थाहा भएको मेरो रहस्य रामलाई बतायो।जसकारण तिमीहरुले युद्ध जित्यौं।यदि मेरो भाई बिभिषण मेरो साथमा भएको भए तिमीहरुले युद्ध जित्नु त परको कुरा लंकामा प्रवेश समेत पाऊँने थिएनौं।

यदि कुनै शुभ काम थालनी गर्ने हो भने त्यसलाई ढिला गर्न हुँदैन।यदि शुभ काममा ढिला गरियो भने त्यो काम अशुभतिर जान्छ।मैले श्रीरामको शरणमा ढिला आउँनाले मेरो यो हालत भयो।

जिन्दगीमा सधैं जितिन्छ भन्ने छैन।परिस्थिती अनुसार कहिले हार्न पनि सकिन्छ।म त्रिलोककै शक्तिशाली थिए।म देखि सबै डराऊँथे। त्यसकारण म भित्र घमण्ड थियो म सबैलाई हराऊँन सक्छु भन्ने यहि घमण्डकै कारण मेरो हार भयो।त्यसैले मानिसले कहिल्यै घमण्ड नपाल्नु।

मानिसमा जडिबुटी,आयुर्बेद तथा रसायनको ज्ञान हुन पर्छ।जस्को कारण रोग तथा शाररीक समस्या आईपर्दा ऊपचारमा काम लाग्न सक्छ।

राजा भईसकेपछि जनताको बारेमा सोच्न र ऊनीहरुको हितमा काम गर्नपर्छ।तर,म राजा भएर पनि जनताको हितमा सोच्न सकिनँ।आफ्नै स्वार्थमा सोचिरहें।जसकारण प्रजा म सँग रुष्ट भएक रामको समर्थनमा लागे।

आफ्नो शक्तिलाई जहिल्यै कायम राख्न सक्नपर्छ।मेरा शक्ति भनेका मेरा प्रजा र भाईहरु थिए।ऊनीहरुलाई मिलाएर राख्न नसक्नाले नै मेरो हार भयो।

मानिस आफ्नो लक्ष्यमा लगनशील हुनपर्छ।मेरो लगनशीलता र मिहिनेतको कारण नै मैले विशाल र सम्पन्न लंका राज्य मात्र बनाईन कयौं कठिन लडाईहरु जित्न सकेको थिए।

आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनपर्छ।असन्तोषले मानिसलाई विनासको बाटोमा लैजान्छ।मेरो असन्तोष नै विनासको बाटो बन्यो।

आफ्नो गोप्य कुरा कसैलाई भन्न हुँदैन।गोप्य कुरा चाँहे जतिसुकै प्यारो र नजिकको मान्छे किन नहोस् भन्न हुँदैन।र,युद्ध निती पनि गोप्य नै राख्नपर्छ।मैले आफ्नो युद्ध निती आफ्नो भाई बिभिषणलाई सुनाएको कारण नै मेरो हार हुन पुग्यो।

सच्चा ब्यक्ति त्यो हो जस्ले हाम्रो गुण अवगुण अगाडि नै आलोचना गर्छ।जस्ले असल कामलाई असल र खराब कामलाई खराब भन्न सक्दैन त्यो गलत ब्यक्ति हो।यस्तो ब्यक्तिको विश्वास गरियो भने आफ्नै विनास हुन्छ।यौटा राजा बिग्रनुमा प्रजाको पनि हात हुन्छ।यदि मेरो खराब काममा लंकाका जनताले बिरोध जनाएका थिए भने म गलत बाटोमा हिड्ने थिइनँ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट