बुधबार, असार २२, २०७९
लंका प्रिमियर लिग खेल्ने सन्दीपको टोलीमा कोको छन् ?

लंका प्रिमियर लिग खेल्ने सन्दीपको टोलीमा कोको छन् ?


  • स्वदेश नेपाल
  • बुधबार, असार २२, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग (एलपिएल) खेल्दैछन् । श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने एलपिएलमा सन्दीपलाई डाम्बुल्ला जायन्ट्सले ५० लाख नेपाली रुपैयाँमा किनेको हो ।

डाम्बुल्लाले सन्दीपलाई ४० हजार डलर अर्थात (५० लाख नेपाली रुपैयाँ बराबर ) मा आफ्नो टोलीमा समावेश गरेको हो । छ । सन्दीप इन्टरनेशन डाइमण्डको समूहबाट अनुबन्ध भएका हुन् ।

सन्दीप सम्मिलित डम्बुल्लाले ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ । अष्ट्रेलिया ओपनर डार्सी शर्ट, बेन कटिङ, न्युजिल्यान्डका विकेटकिपर टिम सिफर्ट, पाकिस्तानका ब्याटर हैदर अली र वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कटरेल रहेका छन् । श्रीलंकाका कप्तान दसुन शनका, भानुका राजपक्षे, रमेश मेन्सि र नुवान प्रदीप जस्ता श्रीलंका टोलीबाट खेलेका खेलाडी छन् ।

शनका र राजपक्षे आक्रामक ब्याटिङका लागि चिनिन्छन् । तेस्रो संस्करणको एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्ट सम्म श्रीलंकामा हुनेछ । एलपिएलमा पाँच टोली छन् ।

यस्तो छ डाम्बुल्लाको पूर्ण टोली

डार्सी शर्ट, दसुन शनका, बेन कटिङ, भानुका राजपक्षे, सन्दीप लामिछाने, टिम सिफर्ट, हैदर अली, चथुरंगा डि सिल्भा,रमेश मेन्डिस, नुवान प्रदीप,शेल्ड्रन कटरेल, प्रमोद मदुशन, लासिथ क्रुसपुल,कलना परेरा,दिलुम सुदिरा, सचिता जयथिलेके,दुषण हेमन्थ, साशा डे अल्विस र रविन्दु फर्नान्डो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट