बुधबार, असार २२, २०७९
नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै

नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै


  • स्वदेश नेपाल
  • बुधबार, असार २२, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । यसअघि गएरातिका लागि तय भएको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको छ । आजका लागि तय भएको खेल नेपाली समय अनुसार राति पौने ९ बजे किङ सिटी रङ्गशालामा हुनेछ ।

दुई खेलको एकदिवसीय श्रृङ्खला खेल्नको लागि नेपाली टोली क्यानडा पुगेको हो । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेलमा नेपाल विजयी भएको थियो ।
क्यानडासँगको श्रृङ्खलापछि नेपाली टोली स्कटल्याण्ड जानेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको श्रृङ्खलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट