बुधबार, असार २२, २०७९
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, प्रचण्डले पदाधिकारी घोषणा गर्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, प्रचण्डले पदाधिकारी घोषणा गर्दै


  • स्वदेश नेपाल
  • बुधबार, असार २२, २०७९

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ ।

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसैले प्रचण्डले ल्याउने प्रस्तावमाथि छलफल नगरी सोझै पारित हुने सम्भावना रहेको माओवादी स्रोत बताउँएको छ ।

मंगलबारका लागि डाकिएको केन्द्रीय कमिटिको बैठक बुधबारसम्म स्थगित गरेर मंगलबार प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो ।

माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि आकांक्षी धेरै हुँदा पद तथा जिम्मेवारी बाँडफाट हुन सकेको छैन । पार्टी महासचिवको लागि जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट