मङ्लबार, असार २१, २०७९
नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता

नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता


  • स्वदेश नेपाल
  • मङ्लबार, असार २१, २०७९

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिएको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसद्बाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

सरकारले अध्यादेश ल्याउनका लागि संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।

अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ । उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायम छ ।

सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिएको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसद्बाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट