मङ्लबार, असार २१, २०७९
नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै


  • स्वदेश नेपाल
  • मङ्लबार, असार २१, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली क्यानडा टोलीको सामना गर्दैछ। पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो। किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९: ४५ बजे सुरू हुनेछ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद् सुरुआत गर्ने लक्ष्य लिएको छ।

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ। विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो।

यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग एक एकदिवसीय र अर्को टी-२० गरि दुई अभ्यास खेल खेलेको थियो। दुवै खेल नेपालले जितेको थियो।

क्यानडासँगको अभ्यास खेलपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्नेछ। नेपालले स्कटल्यान्डमा घरेलु टोली र नामिबियासँग खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट