सोमवार, असार २०, २०७९
स्वस्तिमा खड्काले मनाइन् जन्मदिन, कति वर्षकी पुगिन् ?

स्वस्तिमा खड्काले मनाइन् जन्मदिन, कति वर्षकी पुगिन् ?


  • स्वदेश नेपाल
  • सोमवार, असार २०, २०७९

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् ।

सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।

उनले यसपटकको बर्थडे भक्तपुरको चाँगुनारायण(४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् । आइतबार बिहानै त्यहाँ पुगेकी स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गरिन् ।

स्वस्तिमालाई सामाजिक सञ्जालमा बर्थडे शुभकामना पनि मिलिरहेको छ । फिल्मकर्मीदेखि फ्यानहरुले उनलाई शुभकामना दिइरहेका छन् ।

स्वस्तिमा अभिनित फिल्म ‘चिसो मान्छे’ हालै रिलिज भएको थियो र यसबाट उनले अभिनयको राम्रो प्रतिक्रिया पनि प्राप्त गरेकी छन् । यससँगै उनी अन्य केही फिल्ममा समेत व्यस्त छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट