आइतवार, असार १९, २०७९
स्थानीय तहको निर्वाचनमा काँग्रेस इमानदार नभएको माओवादी केन्द्रको निष्कर्ष

स्थानीय तहको निर्वाचनमा काँग्रेस इमानदार नभएको माओवादी केन्द्रको निष्कर्ष


  • स्वदेश नेपाल
  • आइतवार, असार १९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस इमानदार नभएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रमा भनिए जस्तो साझेदारी स्थानीय तहमा हुन नसकेको उल्लेख छ ।

प्रतिवेदनमा माओवादी केन्द्र र गठबन्धनका दलहरू भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, काँग्रेस कमजोर भएको स्थानमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति नेपाली काँग्रेसले लिएको उल्लेख छ ।

दाहालको प्रतिवदेनमा नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक हैसियत भन्दा बढी सिट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको जनाएको छ । जनता समाजवादी पार्टी आफ्नो आधारमा बलियो भएको तराई÷मधेसका स्थानमा गठबन्धनप्रति अनिच्छुक रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट