बिहिबार, असार १६, २०७९
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?


  • स्वदेश नेपाल
  • बिहिबार, असार १६, २०७९

काठमाडौं। साप्ताहिक कारोबारको पाँचौ दिन (बिहीबार) नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

तोलामा ३०० रुपैयाँ घटेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य ९७ हजार ८०० रुपैयाँ प्रतितोला थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट