मङ्लबार, असार १४, २०७९
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कतिमा झर्‍यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कतिमा झर्‍यो


  • स्वदेश नेपाल
  • मङ्लबार, असार १४, २०७९

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिन पनि निरन्तरता पाएको छ ।

आज नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बीमा १।०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी बसै कम्पनीहरूका शेयरधनीले गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एसियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट