मङ्लबार, असार १४, २०७९
सुनचाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • स्वदेश नेपाल
  • मङ्लबार, असार १४, २०७९

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि साप्ताहिक कारोबारको पहिलो दिन ९आइतबार० भने तोलामा १०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ प्रतितोला थियो।

सोमबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। तोलामा १० रुपैयाँ बढेर सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ पुगेको छ। यसअघि आइतबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट