सोमवार, असार १३, २०७९
रसुवागढी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

रसुवागढी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


  • स्वदेश नेपाल
  • सोमवार, असार १३, २०७९

काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याएको ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयरमा आवेदन दिने समय सोमबार सकिन लागेको हो। सेयरमा अति प्रभावित क्षेत्र गोसाइँकुण्ड गाउँपालिका वडा न्मबर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका स्थानीयबासीले आवेदन दिन सक्नेछन्।

यसैगरी, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४।५ स् १।५स्१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। आईपीओमा न्यूनतम १० र अधिकतममा ७०० कित्ताका लागि आवेदन दिन पाइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट