बिहिबार, असार ९, २०७९
माधव र प्रचण्डबीच भेटवार्ता

माधव र प्रचण्डबीच भेटवार्ता


  • स्वदेश नेपाल
  • बिहिबार, असार ९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा गठबन्धनको निरन्तरता र सरकारमा मन्त्रीको हेरफेरबारे छलफल भएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका निम्ति यसअघि नै निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम बुझाइसकेको छ । प्रधानमन्त्री देउवाले भने बजेटको कारण देखाउँदै मन्त्रिमण्डल हेरफेरमा ढिलाइ गरेका थिए ।

बजेट पारित भइसकेपनि मन्त्री हेरफेर नभएपछि नेपाल असन्तुष्ट बन्दै गएका छन् । माओवादी केन्द्रभित्र पनि नयाँ मन्त्री पठाउनेबारे बहस जारी छ । प्रचण्डको आग्रह बमोजिम नेपाल केही समय ब्याक भएतापनि पार्टीमा चर्को दबाब सिर्जना भएपछि समस्या देखिएको छ। नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अहिलेसम्म मन्त्री फेरबदल नहुनु दुर्भाग्य भएको बताउँदै आएका छन् ।

यसैबीच आजनै नेपाल र प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट