बिहिबार, असार ९, २०७९
सरकार सक्छस भने मलाई जेल हाल तर यस्तो राष्ट्रघाती काम गर्दिन – देउवालाई रावलको चुनौती

सरकार सक्छस भने मलाई जेल हाल तर यस्तो राष्ट्रघाती काम गर्दिन – देउवालाई रावलको चुनौती


  • स्वदेश नेपाल
  • बिहिबार, असार ९, २०७९

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद डा. भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेका छन् ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।

‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।

नेता रावलका अनुसार अंग्रेजी इम्बोस्ड नम्बरले नेपाली भाषाको अपमान भएको संकेत गर्दै त्यसो इम्बोस्ड नम्बरले देशको सुरक्षामा समेत खतरा रहेको बताएका छन ।

सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।

यस विषयमा छलफल गर्न समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनी विनाजानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट