सोमवार, असार ६, २०७९
एन्फा अध्यक्षमा हारेपछि शेर्पाले यसो भने

एन्फा अध्यक्षमा हारेपछि शेर्पाले यसो भने


  • स्वदेश नेपाल
  • सोमवार, असार ६, २०७९

काठमाडाैं । नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)काे अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रजातान्त्रिक प्रक्रियामा भाग लिएपछि नतिजा स्वीकार गर्नुपर्ने बताएका छन् ।

एन्फा चुनावकाे नतिजा अएपछि प्रतिक्रिया दिँदै शेर्पाले जसले जिते पनि नेपाली फुटबललाई अझ व्यवस्थित ढंगले संचालन गर्न सकोस् शुभकामना व्यक्त गरे ।
“नेपाली फुटबल सञ्चालन गर्न सोचे जस्तो सजिलो छैन । नेपाली फुटबलको फाउन्डेसन पनि पूर्ण बनेको छैन । त्यसलाई पूर्ण बनाउनु पर्छ,” शेर्पाले भने, “खेलाडीहरूले १२ महिना खेल्न सक्ने वातावरण बनाउन सक्नुपर्छ । रेफ्रीहरूलाई त्यही रूपमा तयार गर्नुपर्छ । नेपाली फुटबल जब पूर्ण व्यावसायिक बनाउन सक्दैन तबसम्म रियाक्सन मात्र गरेर हुँदैन ।”

“त्यसैले काम गर्न जिम्मेवारी पाउनु भएको छ । त्यो सफलतापूर्वक निर्वाह गर्न सफल हुनुहोस । मेरो तर्फबाट कुनै अवरोध हुँदैन,” उनले थपे, “राम्रो गर्नका निम्ति मेरो सधै सहयोग हुनेछ । क्लबलाई व्यबसायिक गरोस् भन्ने हुन्छ । ‘ए’ डिभिजन लिगको अध्यक्ष भएका कारण नेपाली फुटबलबाट टाढा हुन्न ।तर फोहाेरी राजनीतिबाट टाढा हुन्छु ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट