आइतवार, असार ५, २०७९
बालबालिकाका लागि कोरोना विरुद्धको २२ लाख डोज खोप आइपुग्यो

बालबालिकाका लागि कोरोना विरुद्धको २२ लाख डोज खोप आइपुग्यो


  • स्वदेश नेपाल
  • आइतवार, असार ५, २०७९

काठमाडौं । बालबालिकाका लागि २२ लाखभन्दा बढि डोज कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि २२ लाख तीन हजार दुई सय मात्रा फाइजर खोप आज दिउँसो नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा नेपाल आइपुगेको खोप आज बेलुकीसम्म प्रदेशस्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ ।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइनेछ  । भने दोस्रो चरण अन्तर्गत ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट