शनिबार, असार ४, २०७९
प्रियन्का रानीले जितिन् मिस नेपाल २०२२ को उपाधि

प्रियन्का रानीले जितिन् मिस नेपाल २०२२ को उपाधि


  • स्वदेश नेपाल
  • शनिबार, असार ४, २०७९

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् ।

ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन ।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा भएको थियो ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको र भव्य रुपमा सम्पन्न भएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सात महिला संघसंगठनले मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट