शुक्रबार, असार ३, २०७९
सुनको मूल्य आज फेरि ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोवार ?

सुनको मूल्य आज फेरि ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोवार ?


  • स्वदेश नेपाल
  • शुक्रबार, असार ३, २०७९

काठमाण्डौ । सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ।

आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ०५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट