शुक्रबार, असार ३, २०७९
विवादित एआइजीको मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराको अस्वाभाविक चलखेल !

विवादित एआइजीको मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराको अस्वाभाविक चलखेल !


  • स्वदेश नेपाल
  • शुक्रबार, असार ३, २०७९

काठमाडौं, जेठ ३ गते । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूनिकट न्यायाधीशहरूमार्फत सर्वोच्च अदालतका विभिन्न मुद्दामा चलखेल गरिरहेका छन् ।

एक कानून व्यवसायीका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराको सर्वोच्चका आफूनिकट न्यायाधीशमार्फत अस्वाभाविक रुपमा दबाब दिइरहेका छन् ।

सरकारले वैशाख १८ गतेको मन्त्रिपरिषद् बैठकबाट प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक (आइजिपी) पदमा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

स्थानीय र प्रदेश तथा संघीय संसद्को निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न सक्ने खुबी र कार्यसम्पादनमा अब्बल रहेका कारण सरकारले सिंहलाई नेपाल प्रहरीको नेतृत्व अर्थात प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

बढुवामा कुनै विभेद नभएको सरकारले स्पष्ट पारिसकेका बेला अदालत पुगेका एआइजी पोखरेलका पक्षमा आदेश गर्ने वातावरण बनाउन जबराले निरन्तर दबाब दिइरहेको ती अधिवक्ताले बताए ।

बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पोखरेलले ३० दिनको बिदा बस्ने निर्णय गरेका थिए । उनले ज्येष्ठता मिचिएको दावीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

तर, प्रहरीको ‘चेनअफ कमाण्ड’ नै भत्काएर शक्तिको आडमा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई एआइजी बढुवा गरेको थियो ।

तत्कालिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद्बाट नयाँ दरबन्दी सिर्जना गरेर पोखरेललाई एआइजी बनाएका थिए।
‘समकालीन प्रहरी अधिकृतलाई अन्याय गर्दै शक्ति र भक्तिका आडमा बढुवा भएका पोखरेलले अहिले आफूलाई अन्याय भएको भन्नुभन्दा आफू कुन बाटोबाट कसरी एआइजी बनेको थिए भनेर सम्झनु पर्ने हो । तर, निलम्बित प्रधानन्यायाधीश जबरामार्फत मुद्दा प्रभावित गर्न उहाँ लाग्नुभएको छ,’ ती अधिवक्ताले भने ।

पोखेरलले अदालतबाट आफूलाई न्याय दिलाइदिने जिम्मा अहिले २१ बुँदे आरोपसहित महाअभियोग लागेका प्रधानन्यायाधीश जबरालाई दिएका छन् । र, पोखरेलको मुद्दामा जबराले अदालतमा चलखेल गरिरहेको कानून व्यवसायीहरूले नै बताएका छन् ।

‘जबराले यसअघि पनि जग्गादेखि अन्य विभिन्न मुद्दामा आफ्ना भाइ प्रभुशमशेरमार्फत मुद्दा प्रभावित गर्दै आउनुभएको छ,’ ती अधिवक्ताले भने, ‘अहिले सरकारी आवासमा छलफल चलाउने र एआइजी पोखरेललाई बोकेर न्यायाधीशका घर–घरमा धाउने काम गरिरहनु भएको छ ।’
पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि सारिएको हो । यसअघि उक्त मुद्दा जेठ ३० गते हेर्दाहेर्दैमा राखिएको थियो ।

‘नेपाल प्रहरीलाई ट्रयाकमा ल्याउने र शान्ति सुरक्षादेखि प्रशासनिकसम्मका कामलाई चुस्त दुरुस्त बताउने पक्षमा रहेका प्रहरी प्रमुख सिंहविरुद्ध ठूलो गिरोह अदालत वरिपरि सक्रिय छ,’ ती अधिवक्ताले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट