बिहिबार, असार २, २०७९
ओलीकै पालामा एसपीपीमा सहभागी हुनुको लागि सेनाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक (पत्रसहित)

ओलीकै पालामा एसपीपीमा सहभागी हुनुको लागि सेनाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक (पत्रसहित)


  • स्वदेश नेपाल
  • बिहिबार, असार २, २०७९

स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो ।

तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

उनी सन् २०१५ अगस्ट ११ मा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरिएको पत्रको मिति २७ अक्टोबर २०१५ को मिति छ ।

एमालेले एसपीपीको सदनमा विरोध गरिरहँदा सेनाले अमेरिकालाई ओली प्रधानमन्त्री हुँदाको बखत लेखेको पत्र खुलासा भएको छ । यसले धेरै प्रश्नहरु उब्जिएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एसपीपी सम्झौता गर्न लागेको चर्चा चलिरहेको छ । सदनमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।

पत्रको आधिकारिकताबारे नेपाली सेनाको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट