बुधबार, असार १, २०७९
अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ सधैको लागि बन्द गर्दै नेपाली सेनाले निकाल्यो कडा बक्तब्य (बिज्ञप्तिसहित)

अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ सधैको लागि बन्द गर्दै नेपाली सेनाले निकाल्यो कडा बक्तब्य (बिज्ञप्तिसहित)


  • स्वदेश नेपाल
  • बुधबार, असार १, २०७९

नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ ।

सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ । नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिवद्धता जनाएको छ ।

अमेरिकी दूतावासका अधिकारीहरुले एसपीपी सम्झौताका लागि नेपाली सेना आफैंले आग्रह गरेको बताइरहेका बेला नेपाली सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने बुधबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति र सामरिक संवेदनशीलतालाई प्रतिकूल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोहीसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको बेहोरा सम्पूर्ण जनमानस तथा सञ्चारजगतलाई जानकारी गराइन्छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाले यस्तो सम्झौता भविष्यमा पनि नगरिने स्पष्ट पार्दै उसले यसको च्याप्टर नै बन्द गरिदिएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गर्‍यौं ।’ अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरी उक्त अनुरोध स्वीकारेको बताए । अमेरिकी दूतावासले भनेको समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए ।

तर हिजै अमेरिकी दूतावासले हाल सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको प्रतिक्रिया दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट