बुधबार, असार १, २०७९
मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कसले दिन पाउँछन् आवेदन ?

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कसले दिन पाउँछन् आवेदन ?


  • स्वदेश नेपाल
  • बुधबार, असार १, २०७९

काठमाडौं– मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण सेयर निष्काशन गर्नेछ।

सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ ९साविककको सार्दिखोला गाविस, घाचोक गाविस, गाहाचोक गाविस र धिताल गाविस० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार ३० गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ। न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट