मङ्लबार, जेष्ठ ३१, २०७९
आज पनि शेयर बजार घट्यो

आज पनि शेयर बजार घट्यो


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ ३१, २०७९

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नौ सय ९६ दशमलव २५ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

शेयर बजार आज मङ्गलवार १८ महिनायताकै कम विन्दुमा झरेको हो । शेयर बजार २०७७ पुस पहिलो हप्तासम्म एक हजार नौ ९८ दशमलव ६५ विन्दुमा कारोबार भएको थियो । त्यसपछि गएको असारदेखि फराकिलो अङ्कले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गएको साउन अन्तिमसम्म बजार बढेर ३२ सय अङ्कमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तररूपमा शेयर बजार घटिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट