मङ्लबार, जेष्ठ ३१, २०७९
‘किड्नी केयर’ स्थापना – १०० रूपैयाँमै मृगौला परीक्षण !

‘किड्नी केयर’ स्थापना – १०० रूपैयाँमै मृगौला परीक्षण !


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ ३१, २०७९

सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ । गौशाला पिंगलास्थानमा असार १ गतेबाट शुरू हुने गरी ‘किड्नी केयर’को स्थापना गरिएको हो ।

मिर्गौला रोग विशेषज्ञ डा. किरणजंग कुँवरले ‘किड्नी केयर’को स्थापना गरेका हुन् । ‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने अभियानका साथ सेवा शुरू गरिएको डा. कुँवरले  बताएका छन् ।

सर्वसाधारणले सुलभ मूल्यमा मिर्गौलाको जाँच गर्न सकुन् भनेर मिर्गौला परीक्षणको शुल्क एक सय रूपैयाँ मात्र राखिएको उनको भनाइ छ । मिर्गौला जाँच गरेको सय रूपैयाँ शुल्कमा निःशुल्क परामर्शसमेत दिइने छ ।

एक सय रूपैयाँमा मिर्गौलाको अवस्था थाहा पाउने प्यारामिटर, ब्लड सुगर र्‍याण्डम, युरिन एल्बुमिन र उच्च रक्तचापको परीक्षण हुनेछ ।

‘नेपालमा वार्षिक ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको तथ्यांक छ, मिर्गौला फेल भएका बिरामीको विलौना दिनदिनै सुनिरहेका छौं,’ डा. कुँवरले भने, ‘पशुपति दर्शन गर्न आउँदा छोटो समय निकालेर मिर्गौला परीक्षण गर्न म विशेष आग्रह गर्छु ।’

नेपाल ल्याब हाउसका निर्देशक प्राध्यापक डा. विदुर वस्तीले प्रयोगशालाको गुणस्तर अब्बल रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट