बिहिबार, जेष्ठ २६, २०७९
१०० वर्षीया वृद्धाले नवीकरण गरिन् ड्राइभिङ लाइसेन्स

१०० वर्षीया वृद्धाले नवीकरण गरिन् ड्राइभिङ लाइसेन्स


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ २६, २०७९

एजेन्सी । इटालीमा एक जना १०० वर्षीया वृद्धाले आफ्नो ड्राइभिङ लाइसेन्स नवीकरण गराएकी छन् । उनी १०० वर्षको उमेरमा लाइसेन्स नवीकरण गर्ने तेस्रो व्यक्ति भएकी छन् । क्यान्डिडा उडेर्जोको आखाँको परीक्षण सफल भएपछि उनलाई देशको उत्तरी प्रान्त भिसेन्जाको ड्राइभिङ स्कुलमा नयाँ ड्राइभिङ लाइसेन्स दिइएको थियो ।


उडेर्जोले लाइसेन्स लिएपछि पत्रकारहरुसँग बोल्दै आफूलाई आफ्नो काम आफै गर्न मन पर्ने र आफ्नो छोरामाथि भार बन्न मन नपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘ड्राइभिङ लाइसेन्स नवीकरण हुँदा म निक्कै खुसी छु । १०० वर्षसम्म बाँच्ने म भाग्यमानी ठहरिएँ, र यो उमेरमा पनि यति स्वास्थ्य हुनु मेरो लागि पनि अचम्मको कुरा हो । मलाई कुनै रोग छैन र मैले खाने औषधी भनेको त्यही कहिलेकाँही निद्राको चक्की मात्र हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट