बुधबार, जेष्ठ २५, २०७९
आज सुनको मूल्य स्थिर, चाँदी बढ्यो

आज सुनको मूल्य स्थिर, चाँदी बढ्यो


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ २५, २०७९

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि, नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ०४ पैसा र बिक्री दर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ २४ पैसा र बिक्री दर १५५ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट