आइतवार, जेष्ठ २२, २०७९
दुर्घटना अपडेट : मृतक ९ मध्य ४ जनाको सनाखत (नामसहित)

दुर्घटना अपडेट : मृतक ९ मध्य ४ जनाको सनाखत (नामसहित)


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ २२, २०७९

रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन्। जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो।

३२ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे ४ बजे खसेको प्रहरीले जनाएको छ। घटनामा ८ जना पुरुष र एक महिलानको मृत्यु भएको र अन्य यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ। बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन्।

बस खोलामा खसेर घाइते भएका मध्ये ५ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवाकै भीम अस्पतालमा मृत्यु भएको हो। घाइतेहरुको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ। दुर्घटनाको कारण खुल्न नसके पनि घुम्ती सडकमा पुल रहेकाले बस खसेको अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार