बिहिबार, जेष्ठ १९, २०७९
भर्जिन माल !

भर्जिन माल !


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १९, २०७९

सुबिन बिश्वकर्मा

दुई महिनाको भीषण च्याटपछी उसले भेट्ने प्रस्ताव राख्यो । मैले सहजै ‘हुन्छ’ भनिदिए ।मलाई कुनै अपरिचितसँग सम्बन्ध अगाडि बढाउन भेट्नैपर्छ । आँखामा आँखा जुधाएर बोलेकै हुनुपर्छ । हालात च्याटरफोनमा म कसैसँग धेरै टिक्न सक्दिनँ ।

अतन्तः हामी भेट्यौं ।

त्यो हाम्रो पहिलो भेट । च्याटमा बोल्दैखेर ‘तिमी त कत्ति राम्री ! मलाई तिमी मनपर्यो, म तिमीलाई प्रेम गर्छुु उसका सस्ता डायलग मेरा दैनिकी भइसकेका थिए । भेटेर पनि उसले व्यक्त गर्ने भावानामा कमि भएन । यसपटक उसले अर्को वाक्य थप्यो,‘फोटोमा भन्दा रियलमा कत्ति राम्री !’ म मख्ख । हामी बसेको एक मिनेट नबित्दै त्यो होटलकी वेटर आइहालिन् । कत्ति फास्ट सर्भिस ।

मैले उसको मन चोरे, हेर्नुस् त यी वेटर कत्ति राम्री रहेछिन् नि ?
‘छ्या ! तिमीजस्ती पवित्र केटीको अगाडि यस्ता मालहरुको तुलना नगर न ।’

म छक्क परे । र, छर्लङ्ग भैहाल्यो उसको त्यो ‘पुरुषवादी’ कुरुप मानसिकता । च्याटमा त्यत्तिका आदर्शवान कुरा गर्ने त्यो केटोको अस्लियत मेरो अघिल्तिर छताछुल्ल पोखियो ।

सोधें, माल भनेको के पो ? उ थोरै मुस्कायो मात्र । त्यतीबेलै उसका ती सफा गालामा पाँच औंलाको डाम बसाएर भन्न मन थियो, ‘केटी माल होइन, समाजको मान हो । केटी सामान होइन बजारमा राखेर बेचिने, केटी सम्मान हो ।’

तर उसले हतारहतार आफूलाई जबर्जस्त दबाउन खोज्यो । र, भन्यो ‘किन केहि नबोलेको तिमी ? होटलका केटीहरु त्यस्तै हुन्छन् क्या ! नपत्याए त्यो केटीको भोगटे हेर त !’
बाफ्रे १ यो केटाको मानसिकताभित्र कत्तिसारो दाग भरिएको ? अहँ, अब मबाट केहि पार चल्नेवाला छैन् ।

यद्यपि मसँग दुईवटा अप्सन छनस कि यहाँबाट जुरुक्क उठेर हिड्नुपर्यो कि यो कुरुप केटासँग थप बहस गर्नुपर्यो । मैले दोस्रो अप्सन रोजें ।
निकै सरल भएर सोधें, बलात्कारी मात्र सजाय दिइन्छ, यहाँ । काश ! बलात्कारी मानसिकतालाई पनि सजाय दिइन्थ्यो त तपाईं र मेरो भेट कुनै एक जेलमा हुन्थ्यो होला नि ?

‘ह्वाट ?’ठूलै स्वर गर्यो, उसले ।

उसको भाव प्रष्ट भइसकेकी थिएँ । मैले थप बहस गर्न चाहिन । कुरा अन्तै मोड्न लागें । तपाईं पुरुषहरुको यी पितृसत्तात्मक सोच कहिल्यै नजाने भयो । अँ, साच्चै तपाईंको अस्ट्रेलिया बसाइँ कस्तो रह्यो ? कमाइ त बब्बाल भयो होला नि ? यत्ति सोध्नासाथ उसको मुहार हसिलो भइहाल्यो । सायद उसले सोच्यो होला, सम्पत्तिको कुरा निकालेपछि यसै पग्लिइ, यो केटी । उसले भन्यो, अस्ट्रेलियामा जम्मा पाँच वर्ष त बसेको हो । तर बसुन्जेल निकै रमाइलो भयो । पोकेटबाट आइफोन निकाल्दै उसले थप्यो, कहाँ नेपाल ! कहाँ अस्ट्रेलिया ? सम्झिदै आनन्द लाग्छ । नेपाल त कहिल्यै अस्ट्रेलिया जस्तो बन्छ होला नि ?

उसको प्रश्नले उल्टै प्रतिप्रश्न जन्माउथ्यो, तपाईं जस्तै सोच भएकाहरु नेपालमा कहिलेसम्म जन्मिन्छन् होला नि ? तर सोध्न चाहिँ सोधिन ।
केहिबेरको मौनतालाई तोड्दै फेरि म नै बोलें । अनि खाना खानुभयो नि ? नाइँ, आज खाना खाएकै छैन् । उसको जवाफ ।
किन नि ? मैले सोधें ।

आज घरमा बहिनी र ममि दुबैजनाको ‘पिरियड’ भएछ । बनाउने मान्छे नै भएनन् ।
भनेपछि घरमा छाउपडी प्रथाको अझै देहावसान भएको छैन ?

त्यती सारो पनि हैन । तर भान्सामा नै जानू त अलिक उ रोकियो ।

त्यही नौ महिनासम्म जम्मा भएको रगतले जन्मिने तपाईं अनि तपाईंलाई नै महिनावारी बारिदिनुपर्ने ? त्यही रगतमा लत्पदिदै जन्मिएको बिर्सियौं ? थु..थु‘ तिमीहरूको खोक्रो पुरूषत्वलाई !

अब के बुझ्नु मैले ? के पुरुषहरु सबै यस्तै हुँदा हुन् ? मास्टर्स डिग्री पास गरेर पाँच अस्ट्रेलिया वस्दा नसुध्रिएको मानसिकता कहिले सुध्रिने ? केहि बोल्न खोज्दैथियो, तर फेरि मैले कुरा मोडे । अनि सुन्नुन्, तपाईंलाई म किन मन परेको अरे ?

तिमी सोझी जस्ती लाग्यो अनि । उसलाई सारी चोली र कुर्ता सुरुवाल लगाउनेहरु सोझा लाग्दा रहेछन् । उसले भनेअनुसार छोटो कपडा केटीहरु संस्कारबिहिन र छाडा हुन्छन् रे । मलाई केहि भन्नै मन लागेन ।
अनि फेरि सोधें, सोझी केटी चाहिँ किन मनपरेको ?

‘भर्जिन’ हुन्छन् नि त ! सोझो जवाफ थियोे, उसको । मलाई त्यो सोझोपन मनपर्यो । एउटा कुरा खुसी लाग्यो । जे हो, सत्य बोल्दै थियो उसले ।
‘उसोभा भर्जिन माल खोज्दै अस्ट्रेलियाका कतिवटा कोठीहरु धाउनु भयो ?’

उ अक्क न बक्क पर्यो ।

‘अनि तपाईंले खोज्ने ’भर्जिनुहरुको लिस्टमा म कति औं स्थानमा पर्छु ? मानौं, म भर्जिन हो । तिमीसँग बिछ्याउना साटेपछी मेरो भर्जिनिटी तोडिन्छ । अनि त २ र ४ पटक प्यास मेटेपछी अर्को नयाँ भर्जिन माल खोज्दै हिड्छौ होला हैन ?’

उ केहि बोल्न खोज्दैथियो । सायद म ‘तपाईं’बाट एक्कासी ‘तिमी’ मा झरेको उसलाई मन परिरहेको थिएन । मैले थपे,
‘तिमीले कहिल्यै आफैँलाई हेरेर प्रश्न गरेका छौ कि म भर्जिन छु कि छैन भनेर ? तर नडराऊ, म तिमीजस्तो घटिया सोच मेरो छैन् ।’

‘च्याटमा त निकै प्रेमका कुरा गथ्र्यौं नि ? तर तिम्रो वास्तविकता बल्ल पोखियो । धन्यवाद आफ्नो मानसिकताको प्रदर्शन गरेकोमा । अब एउटा पसल खोलेर बस, तिमी राम्रो ब्यापारी बन्न सक्छौ । जो तिम्रा बिचारहरु निकै बिक्छन् हामीकहाँ ।’

यत्तिकैमा हाम्रो अर्डर लिएर ती वेटर आइपुगिन् । मैले अनायशै सोधीहाले, तपाईं विवाहित हो ? उनले पनि सहजै उत्तर दिइन, हो । अनि श्रीमान के गर्नुहुन्छ ? उनले फेरि थपिन, म पेशाले एयर होस्टेजु हो तर विहेपछी त्यो काम छोडिदिए, अहिले यहाँ छु । स्वाभाविकै सोधें, किन छोड्नुभयो त्यता ? उनले थोरै शिर झुकाएर भनिन, श्रीमानले भनेर ।

त्यसपछि उनी त्यहाँबाट निस्किइन । म छक्क परे । पुरुषहरु किन महिलालाई अगाडि बढेको देख्न सक्दैनन् होला ? आखिर पुरुषलाई जन्मदिने पनि महिला नै हुन् । महिला पुरुषका आमा हुन्, हजुरआमा हुन्, दिदीबहिनी, छोरी, श्रीमती हुन् भने उनीहरु अघि बढ्दा पुरुषलाई के बेफाइदा हुन्छ ? पुरुषहरुको लामो आयु, सफलता र प्रगतिको कामना गर्दै व्रत बस्ने संस्कार छ नेपालमा । तर पुरुष मानसिकता, कठै !

सायद म एकोहोरिएको हुँदो हो, उसले ‘के भयो ?’भनेपछि पो झसङ्ग भएँ ।
अनि यसै टारिदिए पनि ।
उसकै कुरा र बिचारहरु सुन्न मन थियो, मलाई । फेरि सोधें, भनेपछि तपाईंलाई भर्जिन केटीसँग मात्र प्रेम गर्नुहुन्छ हगि ? हैन हैन । मैले त यसो तिम्रो कुरा पो बुझ्न खोजेको, तिम्ले निकै गहिरिएर लियौं, यति सिम्पल कुरालाई ।

‘मैले पनि त्यसरी लिएको छैन । आआफ्नो सोच होनि । तपाईंले आफ्नो बिचार राख्न पाउनुहुन्छ ।’मैले उसको बचाउ गरिदिएँ ।
र, सित्तैमा एउटा ज्ञान पनि दिहाले ।

‘तर हेर्नुस् । आज तपाईंले भर्जिनिटीको नकावमा आफ्नो भावाना पोखिरहनु भएको छ नि । यदि तपाईंले मलाई प्रेम गर्नुहुन्थ्यो भने, यस्तो नहुनुपथ्र्यो । सम्बन्धको सुरूवातमा नै सर्तका बडे–बडे पर्खाल र खाल्डोेहरू खोजिनुले पूर्ण जीवन र स्वतन्त्रतामाथि प्रश्न उठाइदिन्छ यहाँ । सम्बन्ध पूरै नेक्लेट हुनुपर्छ, कपडाविहीन नाङ्गो, खुल्ला, निसङ्कोच, निस्वार्थ । सम्बन्ध उदार हुनुपर्छ, आकाशजस्तै । के आकाशसँग बादलको कुनै सर्त हुन्छ र ?’

उ अर्कोपटक निःशब्द भयो । त्यसपछि खाजाको पैसा तिएर मैले ‘बाइ’सम्म नभनी म त्यहाँबाट निस्के । फेरि अलि पर पुगेर केहि सोचे अनि फर्केर भनें,‘गुडबाइ । तपाईंलाई चाँडै भर्जिन माल मिलोस ।’

-प्रदेश पोर्टल डटकमबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट