शनिबार, जेष्ठ १४, २०७९
मूल्यबृद्धि रोक्नुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको माग

मूल्यबृद्धि रोक्नुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको माग


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने पनि बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास अनुसार पनि अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कोभिडको कारणले सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँमा युद्धहरू भएको र शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर दुनियाँभरि परेको प्रचण्डको भनाइ थियो ।

यसको सामना एउटा राजनीतिक दल विशेषले या सरकार एक्लैले मात्रै गर्न सक्ने स्थिति नरहेको तर मुख्य दायित्व भने सरकारकै रहेको उहाँको भनाइ रहेको थियो । प्रचण्डले सरकारलाई त्यसलाई गम्भीर बन्न आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट