काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरेको बताएका छन् ।
संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले काठमाडौं र धरानमा स्वतन्त्रबाट चुनाव जितेकाहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र दुई फूल थपिएको बताए । उनले पालिका चुनावमा दुई जना स्वतन्त्र उम्मेदवारलाई जिताएर काठमाण्डौ र धरानका नागरिकले अरु दलहरुलाई प्रश्न खडा गरेको बताए ।
यो दलहरुका लागि झापड र चुनौती भन्दै भएको विश्लेषणमा प्रचण्डले त्यसो नभइ विशिष्ट पक्षको जित रहेको टिप्पणी गरे । उनले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरका हर्क साम्पाङ राईलाई बधाई तथा शुभकामना व्यक्त गरे ।