काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’
यस्तै उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएको बताए । उनले ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिएका छन् । ओलीलाई आफ्नो प्रवृत्ति सुधार्न सुझाव दिएका छन् । ‘मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन,’ दाहालले भने ।