शनिबार, जेष्ठ १४, २०७९
सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन विष्णु पौडेलको आग्रह

सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन विष्णु पौडेलको आग्रह


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिरमा हुने चुनावबाट आउने बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’

कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनालाई प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनालाई तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ । तर अदालतमा विचाराधीन रहेकै बेला परियोजना अघि नबढाइएको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गरेका हुन् ।

पौडेलले भने, ‘के सरकार कालीगण्डकी तिनाउँ डाइभर्सन आ‍योजनाबाट पछि हटेको हो रु यो चालु आयोजनालाई यस रूपमा अधरमा छाड्ने अधिकार सरकारलाई छ भन्ने सोध्न चाहन्छु । यसलाई अघि बढाउने तत्परता र इच्छाशक्ति गुमाएको हो रु यस आयोजनाबाट पछि हट्ने गल्ती नगरोस् भन्न चाहन्छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट